सेयर बजार अपडेट : ५७.९९ अंकले बढ्यो नेप्से, फाइनान्स र हाइड्रोपावर समूहले ‘लिड’ गर्दै

लोकपथ
520
Shares

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि सेयर बजारले उकालो यात्रा तय गरिरहेको छ । बजार खुलेको २ घण्टा बित्दा सेयर बजारमा हरियाली छाएको छ ।

यो समाचार तयार पार्दासम्म सेयर कारोबार मापक नेप्से परिसूचक ५७.९९ अंकले बढेर २७३०.२४ बिन्दुमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि ७.७१ अंकले बढेर ५१२.२८ बिन्दुमा पुगेको छ ।

सो अवधिसम्म २२२ वटा कम्पनीको ६५ लाख ३७ हजार ७९३ कित्ता सेयर खरिदबिक्री भइसकेको छ भने ३ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ ।

१३ उपसमूहमा १३ वटै समूहमा हरियाली छाएको छ । सो अवधिसम्म फाइनान्स र हाइड्रोपावर समूहले लिड गरिरहेको छ ।

हालसम्म ३ वर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?