उपसचिव र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकाकी कार्यकारी अधिकृत (उपसचिव) लीला अधिकारी र इन्जिनियर बिजेन्द्र श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अधिकारी र श्रेष्ठले बूढानीलकण्ठ नगरपालिका २ को बाँडेपाखामा रिजर्भ वायर (पानी ट्यांकी) निर्माणमा अन्तिम बिल भुक्तानी र कार्य अनुभवपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घूस लिएका थिए ।

अख्तियार टोलीले उनीहरूलाई घूस रकमसहित अघिल्लो महिना पक्राउ गरेको थियो । अनुसन्धान पूरा भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । आजको कान्तिपुरमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?