एउटा मर्मस्पर्शी तस्बिर, जसले ‘सिएना इन्टरनेसनल अवार्ड’ पायाे

भनिन्छ नि ‘अ पिक्चर इज वर्थ अ थाउजेन्ड वोड्स’, अर्थात् एउटा तस्बिर हजारौँ शब्दभन्दा भारी हुन्छ ।

टर्कीका फोटोग्राफर मेहमेत अस्लानले एउटा यस्तो तस्बिर अपलोड गरेका छन्, जुन तस्बिरले धेरैलाई भाविह्वल बनाएकाे छ ।

उक्त तस्बिरले भावुक मात्र बनाउँदैन, मानिसहरुलाई एउटा प्रेरणा समेत दिन सक्छ । लाखौँ दुःखका बाबजुद पनि मुस्कुराउन सकिन्छ भन्ने सन्देश उक्त तस्बिरले दिन्छ ।

तस्बिरमा बाबुछोराको मायालाई फरक किसिमले कैद गरिएको छ । उक्त तस्बिर वर्षको उत्कृष्ट तस्बिर बनेको छ।

मेहमेटको यो तस्बिरले सिरिया टर्की सीमामारहेको हाते पन्तको रेहनालीमा बसोबास गर्ने सिरियाली शरणर्थी बाबुछोराको खुसी देखाइएको छ ।

तस्बिरमा अपाङ्गता भएका बाबुछोरा नै  मुस्कुराइरहेका देख्न सकिन्छ ।

त्यसैले यो तस्बिरलाई ‘सिएना इन्टरनेसनल अवार्ड २०२१’मा फोटो अफ दि इयरको रुपमा छनोट गरिएको छ ।

तस्बिरमा देखिएका पुरुषले सिरियाको बजारमा भएको बम विस्फोटमा आफ्नो खुट्टा गुमाएका थिए ।

उनकी गर्भवती पत्नीले गृहयुद्धको बेलामा विषाक्त ग्याँसका कारण हातखुट्टाविहीन उक्त  बालक जन्म दिएकी हुन् ।

बाबुको एउटा खुट्टा छैन भने छोराको दुवै हात र खुट्टा छैनन् । तैपनि उनीहरु मुस्कुराइरहेका देखिन्छन् ।

सिरियामा एक दशकभन्दा बढी समयदेखि गृहयुद्ध चलिरहेको छ । अहिले विश्वकै सबैभन्दा ठूलो शरणार्थी संकट सिरियामा छ ।

११ वर्षदेखिको हिंसात्मक लडाइँहरुले सिरियाका सहरहरु ध्वस्त भएका छन् । मानिसहरु घर, सहर, देश छोडेर भाग्न बाध्य छन् ।

यी ११ वर्षको समयमा ६.६ मिलियन मानिसहरुले शरणार्थीको जीवन बिताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?