सर्वोच्चको विवादबारे के भन्छन् ओली ?

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा भइरहेको विवादमा आफूहरु नपस्ने बताएका छन् । मंगलबार बिहान प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

सञ्चारकर्मीहरुसँग बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सर्वोच्च अदालतभित्र अशोभनीय गुटबन्दी भइरहेको आरोप लगाउँदै त्यसमा एमाले नपस्ने बताए ।

‘अहिले जुन राजनीति सर्वोच्चको नाममा भइरहेको छ त्यस प्रकारको होइन । हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने राज्यको एउटा विश्वासनीय अंगको रुपमा राख्ने हो, हामीलाई दाउपेच गर्नु छैन, सर्वोच्च अदालत भित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’ ओलीले भने ।

एमालेलाई निष्पक्ष न्यायालय चाहिएको बताउँदै प्रधानन्याधीशले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा नबोल्ने बताए ।

ओलीले भने, ‘राजनीनामा दिनुपर्छ कि पर्दैन भन्ने त्यस विवादमा कतैपट्टी पक्षधरता एमालेले जनाउनुपर्ने होइन, हामीलाई त निष्पक्ष न्यायालय चाहिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?