गणेशमानको प्रजातान्त्रिक आन्दोलनको उपलब्धिलाई यसरी सम्झिन्छन् प्रकाशमान

लोकपथ
133
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका निम्ति आफ्नो जीवनकालभरि संघर्ष गरेका लौह पुरुष गणेशमान सिंहले नागरिक सर्वोच्चताका लागि व्याक्तिगत स्वार्थलाई गौण राखेको बताएका छन् । नेपाली राजनीतिले गणेशमान सिंहबाट सिक्नुपर्ने त्यागको भावना नसिकेकाले अहिले राजनीतिप्रति निराशा छाएको बताए।

आज गणेशमान सिंह फाउन्डेसन वीर गणेशमान सिंह स्पोर्टस कमिटीले आयोजना गरेको ‘नेसनल टेनिस टुर्नामेन्ट–२०२१’ को उद्घाटन गर्दै नेता सिंहले ६ दशकभन्दा बढी राजनीतिक आन्दोलनमा नागरिकलाई सार्वभौम सत्तासम्पन्न गराउन खेलेको भूमिकाको स्मरण गर्दै खेलमार्फत नयाँ पुस्तामा गणेशमान सिंहको व्यक्तित्व पुर्‍याउनुपर्ने बताएका हुन्।

वीर गणेशमान सिंहले उनको नेतृत्वमा प्रजातन्त्रको स्थापना भएसँगै राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा यो संघर्ष म आफै प्रधानमन्त्री बन्न होइन भनेर उनले अस्वीकार गरेको स्मरण गर्दै उनको मनसाय राजाले बनाएको प्रधानमन्त्रीभन्दा पनि जनताले चुनेको नेताले नेतृत्व गर्छ भन्ने सन्देश दिनु नै महत्त्वपूर्ण उपलब्धि रहेको समेत बताएका छन् ।

समाज, राष्ट्र र प्रजातन्त्रको जगेर्नामा आर्दशको रुपमा स्थापित भएको र अहिलेको पदको लागि लुछाचुँडी गर्ने प्रवृत्ति बडिरहेको बेला गणेशमान सिंहजस्तो त्यागी पुरुष पनि थिए है भन्ने कुरा नयाँ पुस्तासम्म पुर्‍याउन जरुरी रहेको समेत बताए ।

त्यसै क्रममा त्यस किसिमका टुर्नामेन्टले  नेपालका खेलाडीलाई अवसरको हुनसक्ने बताए। अहिले खेलकुदलाई प्रोत्साहन गर्न सरकारले समेत विशेष ध्यान दिनुपर्ने बताए। खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले राष्ट्रलाई योगदान पुराउने समेत उनले बताएका छन् । आजबाट सुरु भएको यो प्रतियोगिता १६ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?