सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

लोकपथ
143
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य उकालो लागेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले उकालो लागेको हो ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ रुपैयाँ तोकिएको छ । उक्त सुन सोमबार प्रतितोला ९२ हजार ४ रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार १ रुपैयाँ रहेकामा सोमबार ९१ हजार ९ रुपैयाँ थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला एक हजार २६५ रुपैयाँ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?