काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ ।
पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच छलफल भएको हो ।
गत आइतबार नेपाल बार एशोशियसनका पदाधिकारी तथा सदस्यहरुसँगको बैठकपछि प्रधानन्यायाधीश राणाले फुलकोर्ट बैठक आह्वान गरेका थिए ।
सोमबारका लागि बैठक बोलाए पनि १४ न्यायाधीशहरुले उक्त बैठक बहिस्कार गरेका थिए । १४ न्यायाधीशहरुले बैठक बहिस्कार गरेसँगै प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक प्रभावित बनेको थियो । भने सोमबार छुट्टै छलफल गरेका असन्तुष्ट न्यायाधीशहरुले आज सामूहिक रुपमा प्रधानन्यायाधीशसँग छलफल गर्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया