काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्दैछन् ।
न्यायाधीशहरु र प्रधानन्यायाधीशको भेट बिहान साढे ११ बजे हुने जनाइएको । भेटको क्रममा न्यायालयभित्र देखिएको वर्तमान समस्याको सम्बन्धमा छलफल हुने बतााइएको छ । प्रधानन्यायाधीशको चौतर्फी राजिनामा माग भइरहेको छ ।
सोमवार चार पूर्व प्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई राजिनामा दिन आग्रह गरेका थिए भने नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया