११ चैत्र २०७९, शनिवार

राजविराजबाट रु नौ लाख ५० हजार लुट

२०७४,आश्विन,२४,मंगलवार ०७:५६

0
Shares

राजविराज, २४ असोज ।हार्डवेयर पसल सञ्चालन गर्नका लागि बैंकबाट निकालिएको रु नौ लाख ५० हजार आज अपराह्न लुटिएको छ ।राजविराज नगरपालिका–९ मलेठ, नहरचोक निवासी मोहमद इजलास मियाँले हार्डवेयर पसल सञ्चालन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट लिएको रकम सनराइज बैंकमा राख्नका लागि जाँदै गरेका अवस्थामा अपरिचित व्यक्तिले राजविराजको मुख्य बजारबाटै लुटेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।रकम रावा बैंकबाट लिई नजिकैको सनराइज बैंकमा राख्नका लागि छाप बनाउन सप्तकोशी माइक्रोबस स्टेशननिर एउटा पसलमा जाने क्रममा आएको अज्ञात व्यक्तिले ब्यागमा पैसा बोकेका मियाका छोराको घाँटीमा फोहर दलेर भागेको पीडितले जनाएका छन् ।हलिमा खातुनका नाममा रहेको १९०२५ नंको खाताबाट निकालिएको रकमबाट आउँदो तिहारमा मलेठस्थित नहरचोकमा मियाँले हार्डवेयर पसल सञ्चालन गर्न लागेका थिए ।यसैबीच रकम लुटेको आशंकामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रकम लुटेर फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०७:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन

काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी

काठमाडौं । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन कार्ययोजनामा आधारित विमान अपहरणविरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ । प्रधानसेनापति प्रभुराम

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११