गाउँ फर्किने नागरिकलाई एक लाख रुपैयाँ अनुदान दिईने

लोकपथ
1.6k
Shares

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँ फर्क अभियानअन्तर्गत एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । जग्गाविहीन नागरिकलाई गाउँमा फर्किनका लागि आकर्षण गर्ने उद्देश्यले आवास निर्माणका लागि उक्त रकम दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । ऋषिङ फर्क अभियानअन्तर्गत जग्गाविहीन स्थानीयवासीलाई आवास निर्माणका लागि उक्त रकम अनुदान दिन सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

गत असार र साउन महिनामा परेको अविरल वर्षाका कारण बाढीपहिराका कारण बस्ती स्थानान्तरणमा क्षति भएका परिवारलाई आवश्यकता हेरी आवास निर्माणका लागि ६० हजार रुपैयाँसम्म अनुदान दिने निर्णय गरेको छ ।

उक्त बैठकले विद्यालयका इसिडी सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीको न्यूनतम तलबमापन गर्ने शिक्षा समितिको प्रस्ताव सर्वसम्मत पारित गर्ने तथा सङ्घीय सरकारले व्यवस्था गरेअनुरुप न्यूनतम तलबमापन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?