१८ मङ्सिर २०७८, शनिवार

सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन

२०७८,कार्तिक,८,सोमवार २२:०४

72
Shares

डडेल्धुरा । असोज ३१ गतेदेखि आएको अविरल वर्षाका कारण कात्तिक २ गतेदेखि अवरुद्ध भएको केआई सिंह राजमार्ग सोमवारदेखि सञ्चालनमा आएको छ । बेमौसमी वर्षासँगै रडुवा खोलामा आएको बाढी र सडकमाथिबाट खसेको पहिराका कारण डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा झण्डै २५० मिटर सडक पूर्ण रुपमा क्षति भएको थियो ।

लगातार तीन दिनको प्रयासपछि सोमबार दिउँसो सडक जोडिएको डिभिजन सडक कार्यालय कुलपाते डोटीका प्रमुख सुदर्शन कार्कीले जानकारी दिए । “सडक अवरुद्ध भएपछि दुवैतिर रोकिएका सवारी साधनहरु, मालवाहक साधनहरु र ट्याङ्करहरु पास भइसकेका छन्”, डिभिजन प्रमुख कार्कीले भने, “हामी अझै सडकको सतह मिलाउँदैछौँ ।”

कात्तिक ३ गतेदेखि वर्षा रोकिए पनि सडक काट्दा बस्ती जोखिममा पर्ने भन्दै स्थानीयवासीले विरोध गरेका कारण सडक खुलाउन ढिलाइ भएको थियो । स्थानीयवासीसँगको समन्वय र छलफलपछि सडक खुलाइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

एक सातासम्म सडक अवरुद्ध हुँदा जिल्लामा इन्धन, दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको थियो । सडक अवरुद्ध हटेपछि बाढीपीडितहरुको उद्धार र राहतमा पनि सहज हुने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उक्त सडक खण्ड खुलेसँगै डोटी, अछाम र बाजुराबाट आउजाउ गर्ने सवारी साधनहरु सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति: २०७८,कार्तिक,८,सोमवार २२:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको

लामो कूटनीतिक प्रयासपछि कतार सरकार १६ वर्षअघिको नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न सहमत भएको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको

मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५

चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६