काठमाडौं– सिन्डिकेट पक्षधर यातायात व्यवसायीको आन्दोलन सदाका लागि अन्त्य भएको छ । फेरि आन्दोलनको तयारी गर्न जुट्दै गर्दा शनिबार राजधानीबाट पक्राउ परेका यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्र नाथ कर्माचार्यसहितका ५ जना र सोअघि नै पक्राउ परेका अर्का एक जना पदाधिकारी कहिल्यै सिन्डिकेटको पक्षमा आन्दोलन नगर्ने कागजात गर्दै आइतबार जुटेका छन् ।
प्रहरीबाट रिहा हुने क्रममा भएको कागजमा उनीहरुले यातायात क्षेत्रमा सरकारले चालेको कदमको प्रति पूर्ण समर्थन र साथ रहेको उल्लेख गर्दै कसैलाई पनि सरकारको नीति निर्णय तथा कानूनी व्यवस्था प्रतिकूल हुने गरी गतिविधि सञ्चालन गर्न नउक्साउने उल्लेख छ ।
यस्तै यातायात सञ्चालन गर्दा कानून बमोजिम दर्ता गरी कारकारको नीति अनुकुल सञ्चालन गर्ने तथा सिन्डिकेट हटाउने निर्णयको स्वागत गरेको समेत काजगमा उल्लेख छ ।
यसरी कागज गरी छुट्नेमा कर्माचार्यसहित उपाध्यक्ष विजय स्वाँर, महासचिव सरोज सिटौला, उपमहासचिव बसन्त भण्डारी, कोषाध्ष्क्ष किरण खड्का र ३ नम्बर प्रदेश संयोजक धर्मराज रिजाल रहेका छन् । सिटौलाबाहेकका पदाधिकारी आइतबार पक्राउ परेका थिए भने सिटौलाचाहिँ शुक्रबार नै पक्राउ परेका थिए ।
उनीहरु जिल्ला प्रशासन कार्यालय काठमाडौंका सिडिओ केदारनाथ शर्मा, प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज र तीन वटा यातायात व्यवससायी संगठनको रोहबरमा रिहा भएका हुन् ।
योसँगै सरकारलाई घुँडा टेकाउने भन्दै आन्दोलनमा होमिएका व्यवसायीको योजना पानीको फोकाजस्तै बन्न पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया