१८ मङ्सिर २०७८, शनिवार

च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध

२०७८,कार्तिक,८,सोमवार २१:१६

909
Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग क्लब च्यासल युथ क्लबले आज आसन्न ए डिभिजन लिगका लागि दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

राजधानीमा आज च्यासल युथ क्लबले एक कार्यक्रमको आयोजना गरेर क्यामरुनका २२ वर्षिय कित्वा यानिक र २५ वर्षिय मोउसा अबागानालाई अनुबन्ध गरेको हो ।

च्यासलले क्यामरुनी खेलाडीद्धयलाई एक÷एक वर्षका लागि अनुबन्धन गरेको हो । पहिलो संस्करणको नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट खेलेका दुबैले उत्कृष्ट प्रदर्शन गरेकाले उनीहरुलाई अनुबन्ध गरिएको च्यासलका अध्यक्ष रमेश ब्यञ्जनकारले बताए । यस अघि च्यासलले नेपाली मुलका इटालियन खेलाडी विकास मेराग्लियालाई अनुबन्धन गर्दै चर्चा लिइसकेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग नजिकिदै गर्दा क्लबहरुले खेलाडीहरुलाई अनुबन्ध हुने प्रक्रिया तीब्र गतिमा अगाडि बढेको छ । ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।

प्रकाशित मिति: २०७८,कार्तिक,८,सोमवार २१:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मार

काठमाडौं । सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गतको तेस्रो खेलमा आज फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनमाथि जित हात पारेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई ४-१

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९