प्रधानन्यायाधीशले पदबाट राजिनामा दिनुपर्ने नेपाल बारको निष्कर्ष

लोकपथ
260
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने निस्कर्ष निकालेको छ ।

सोमवार बसेको बारको बैठकले प्रधानन्यायाधीशले आज बैठक बोलाउने भनेपनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरुले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रधानन्यायाधीश जबराले पदबाट निकास दिनुपर्ने निस्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशका कारण जनताले न्याय पाउन नसकेको बताए । उनले बारको आजको बैठकले न्याय प्रशासनको मुख्य जिम्मेवारी भएको प्रधानन्यायाधीशले न्याय प्रशासन सम्हाल्न नसकेको निस्कर्ष निकाल्दै निकास दिनुपर्ने बताए । अध्यक्ष श्रेष्ठले कोही एक व्यक्तिको कारण न्यायपालिकालाई बन्दी बनाउन नमिल्ने तर्क गरे ।

अध्यक्ष श्रेष्ठले मंगलवार (भोली) बिहान ११ बजे बस्ने बारको बैठकमा पदाधिकारीहरुको निस्कर्षबाट ठोस निर्णय लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?