आधिकारिक परिचयपत्र नभएका विदेशी नागरिकलाई घर, कोठा भाडामा नदिन सरकारको निर्देशन (विज्ञप्तिसहित)

लोकपथ
286
Shares

काठमाडौं । आधिकारिक परिचयपत्र नखुलेका विदेशी नागरिकहरुलाई घर, अफार्टमेन्ट, फ्ल्याट तथा कोठा आदी भाडामा नदिन निर्देशन दिएको छ ।

विदेशी नागरिकहरु अनाधिकृत रुपमा नेपाल आइ बसोबास गरेको पाइएपछि सरकारले त्यस्तो निर्देशन दिएको हो ।

गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशी नागरिकहरु आफ्नो परिचय लुकाइ नेपाल अनाधिकृत रुपमा नेपाल आइ बसोबास गरिरहेको भन्दै कडाइ गरेको हो । ‘पछिल्ला केही दिनका घटनाहरुमा कतिपय विदेशी नागरिक परिचय लुकाइ अनाधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएकोले परिचय खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिहरुलाई घर, अपार्टमेन्ट, फ्ल्याट कोठा आदी भाडामा नदिन र त्यस्ता व्यक्तिलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै कोही परिचय नखुलेका विदेशी नागरिकहरु भेटिएमा वा देखिएमा नजिकको प्रहरी चौकीमा खबर गर्न समेत सरकारले आग्रह गरेको छ ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि आश्रयको खोजीमा त्यहाँका धेरै नागरिकहरु अन्य देशहरुमा शरणका लागि पुगेका छन् । सो क्रममा नेपालमा समेत आइपुगेका ११ जना अफगानी नागरिकहरुलाई प्रहरीले सोमबार काठमाडौंबाट पक्राउ गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?