सूर्या लाइफको नयाँ लोगो सार्वजनिक

लोकपथ
429
Shares

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता र सुदृढ पहिचान कायम गर्ने उद्धेश्यसहित पोखराको Mountain Glory Forest Resort  मा आयोजित एक भब्य समारोहमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो ।

सो क्रममा कम्पनीले आफ्नो मुल नारा “सर्वे भवन्तु सुखिनः” रहने ब्यहोरा व्यक्त गरेको छ ।

उक्त नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा बिज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाले संयुक्तरुपमा अनावरण गरेका थिए ।

कम्पनीको संचालक समितिका अध्यक्ष भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापुर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे । त्यसै गरी कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित-सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटो छरितो रुपमा उपलब्ध गराउन संचालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

सो क्रममा कम्पनीका संचालक झाले उक्त बीमाको महत्व र नयाँ लोगोको आवश्यकताको वारेमा प्रकाश पारेका थिए ।

उनले जीवन बीमाका चार आधारहरु बीमित, अभिकर्ता, कर्मचारी तथा लगानीकर्ता हुन्छन, यि मध्ये प्रमुख दुई pillar अभिकर्ता तथा कर्मचारी जसले बीमित तथा कम्पनीको बिच एउटा मजबुत पुलको काम गरेका हुन्छन् सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले अब आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीको रुपमा स्थापित हुने यात्राको सुरुवात यस नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’ अर्थात ‘सबै सुखि हुन्’ कासाथ सुभारम्भ गरेको कुरा बताए ।

कार्यक्रममा झाले नयाँ लोगोका तीन रंग रातो, कालो र पहेंलोले यस कम्पनीको उद्धेश्यलाई स्पष्ट पार्ने र कम्पनी अब Bigger, Bolder / Brightere भएर अगाडी बढदै आफ्ना ग्राहकहरुको चाहना र सन्तुष्टीको ख्याल गर्दै आफ्ना सेवाहरुलाई केन्द्रमा राखि यसको विशिष्टिकरणका लागि Technology र updated Management Philosophy को प्रयोगबाट गतिदिने योजना रहेको स्पष्ट पारे ।

त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खडकाले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता भएकोले कम्पनी व्यवस्थापन संचालक समिति, बीमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्न कटिबद्ध रहेको व्यहोरा व्यक्त गरे । साथै कम्पनीलाई आगामी दिनमा मौलिक पहिचानका साथ अग्रणी तथा अब्बल कम्पनीको रुपमा नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

दुई दिनसम्म संचालित उक्त कार्यक्रममा कम्पनीबाट समय समयमा जारी भएका विभिन्न बीमा योजनाहरु बीमा बजारका लागि कम्पनीको व्यवसाय विस्तारमा पुर्याएको योगदानको उच्च कदर गर्दै आर्थिक वर्ष २०७७/७८ का उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुका साथै कम्पनीको लक्ष्य प्राप्तिका लागि अहोरात्र खटिने उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा शाखा कार्यालयहरुलाई विभिन्न बिधामा अवार्ड प्रदान गरिएको थियो ।

कम्पनीका अध्यक्ष, संचालक तथा प्रमुखकार्यकारी अधिकृतले पुरस्कृत हुने सबैलाई बधाई ज्ञापन गर्नुका साथै उक्त कार्यक्रममा अभिकर्ता संघका अध्यक्ष रामबहादुर तामाङ, पुरस्कृत अभिकर्ता-एजेन्सी म्यानेजरहरुको तर्फबाट सुनिल खडका तथा कमल प्रसाद घिमिरेले समेत आफ्नो बिचार व्यक्त विचार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?