२१ मङ्सिर २०७८, मंगलवार

धनगढी उपमहानगरमा एमालेको अधिवेशनको तयारी, विभिन्न उपसमितिहरु गठन

२०७८,कार्तिक,८,सोमवार १९:१४

45
Shares

कैलाली । नेकपा एमालेको धनगढी उपमहानगरपालिकाको नगर अधिवेशनका लागि तयारी सुरु गरिएको छ ।

अगामी कात्तिक १५ गतेका लागि तय गरिएको नगर अधिवेशन सम्पन्न गर्न सोमबार बसेको नगर कमिटीको बैठकले जिम्मेवारी बाँडफाँड गर्दै विभिन्न उपसमितिहरु गठन गरेको छ । नगर अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले जोशीकै संयोजकत्वमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन लेखन समिति गठन गरेको छ ।

उक्त समितिको सदस्यमा रतन खाती, रोहित बोगटी, कालुसिंह धामी र विश्वास शाह छन् । नगर सचिव प्रेम महराको संयोजकत्वमा कन्दकला राना र सुनिलजंग शाही सदस्य रहेको आर्थिक व्यवस्थापन लेखन उपसमिति गठन गरिएको छ ।

हिक्मत रावलको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ । सो समितिको सदस्यमा किशोर शाह, राजेन्द्र रमतेल, कुलबहादुर रावल, डेबिट खड्का र प्रेमप्रसाद काफ्ले छन् ।

मन्च व्यवस्थापन उपसमितिको संयोजकमा रोखा शिवाकोटी तथा सदस्यमा गीता बस्नेत र रक्षा बम चयन भएका छन् भने शेरबहादुर महराको संयोजकत्वमा स्वंयंम सेवक परिचालन उपसमिति गठन गरिएको छ । उक्त समितिको सदस्यमा अविशेक नाथ र शिशिर थापा रहेका छन् ।

विराज रोस्याराको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । सो समितिको सदस्यमा जनकसिंह बिष्ट र भीम बडेला छन् । धनराज अवस्थीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति चयन गरिएको छ । उक्त समितिको सदस्यमा मीनबहादुर सिंह, शिवराज राना, दिनेश पाण्डे र प्रकाश चदारा रहेका छन् ।

बैठकले नगर अधिवेशन धनगढीस्थित ओम प्यालेसमा गर्ने निर्णय गरेको छ । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण नागरिकको धनजनमा गरेको क्षतिको विवरण संकलन गरेर यद्याशिघ्र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय पनि गरेको नगर अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिए ।

प्रकाशित मिति: २०७८,कार्तिक,८,सोमवार १९:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताएका

कांग्रेस सभापतिका आकांक्षी डा शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भोलि (बुधबार) साँझसम्म पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले न्यायालय सुधार्ने विषयमा आफ्नो कुनै आपत्ति नरहेको बताएका छन् ।

ताजा समाचार

बुटवलको विभिन्न समस्या समाधान गर्न दबाब
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४८
उपकुलपतिमा डा महतो नियुक्त
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४२
इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२