देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला

लोकपथ
63
Shares

काठमाडौं । आज (सोमबार) देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन् । प्रहरीका अनुसार कास्की, रौतहट, नवलपरासी(पश्चिम), उदयपुर र तनहुँमा गरी ६ जना मृत फेला परेका हुन् ।

कास्की, पोखरा महानगरपालिका-२६ जलधारेस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन, नखुलेकी ६५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

रौतहट, राजदेवी नगरपालिका-४ स्थित बागमती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रौतहट, फतुवाविजयपुर नगरपालिका-५ सन्तपुरस्थित फर्निचर सञ्चालन गरी बस्ने सोही नगरपालिका-८ घर भएका ३८ वर्षीय जितेन्द्र ठाकुर आफ्नै फर्निचरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका-७ बेलानी बस्ने ४५ वर्षीय एकनारायण शर्मा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

उदयपुर, त्रियुगा नगरपालिका-१३ त्रियुगा खोला किनारामा सोही नगरपालिका-१२ बस्ने ७५ वर्षीय खड्ग बहादुर बिक सोमबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँ, ब्यास नगरपालिका-१० बैरेनी बस्ने ७४ वर्षीय सोमे बोटे सोही नगरपालिका-५ चापाघाटस्थित सेती नदीको किनारामा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार दिउँसो औषधि लिन जान्छु भनि घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा सोही नदीको किनारमा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?