हेर्नुहोस् लोकपथको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
105
Shares

१.सर्वाेच्च अदालतका १३ न्यायाधीसद्वारा सोमबार प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाले तोकेको इजलास बहिष्कार, भोली राणालाई भेटेर संयुक्त धारणा राख्ने ।

२.निर्वाचन आयोगका पदाधिकारीद्वारा आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल, स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न आयोगको प्रस्ताव ।

३.कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने, आफ्नो समूहबाट आफू सर्वसम्मत उम्मेदवार बन्ने पौडेलको दाबी ।

४. सोमबार फिदिमको सरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६१ जना घाइते ।

५. राष्ट्रिय सभाका २० जना सांसदको पदावधि आगामी फागुन २० गते सकिदै, निर्वाचन आयोगद्वारा रिक्त २० पदमा माघ पहिलो साता निर्वाचन गर्न सरकारसमक्ष सिफारिस ।

६. नेपाल प्रवेश गरेका ११ जना अफगानिस्तानी नागरिक आज काठमाडौंमा पक्राउ, भारत हुँदै नेपाल प्रवेश गरेको पाइएपछि सीमामा कडाइ गरिएको सरकारी दाबी ।

७. पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि, ५ सय १ संक्रमणमुक्त,१३ जनाको मृत्यु ।

८. अमेरिकाले दिएको कोरोना विरुद्धको १ लाख डोज फाइजरको खोप आज नेपाल आइपुग्यो, खोपलाई माइनस ८० डिग्रिको चिसोमा राखियो ।

९. संसद भवनको पाइप जोडिएको मंगाल भत्किएपछि नयाँ बानेश्वरको मूल सडक भासियो, सडकमा १५ फीट गहिरो खाल्डो ।

१०. राजनीतिक दलहरुबीच सहमति भएमात्रै एमसीसी संसदबाट पास गरिने परराष्ट्रमन्त्री खड्काको प्रष्टोक्ति, दलहरुबीच सहमति भए तत्काल पास गर्न सकिने ।

११. सोमबार नेपाली सेयर बजारमा हरियाली, सेयर बजार मापक परिसूचक नेप्से ८७ दशमलव ६३ अंकले बढ्यो, कारोबार रकम पनि वृद्धि ।

१२. चीनमा फेरि फैलियो कोरोना, विभिन्न ११ प्रान्तमा देखियो डेल्टा भेरियन्टको असर, बेलैमा सतर्कता नअपनाए सबैतिर फैलिन सक्ने चिनियाँ विज्ञको चेतावनी ।

१३. सुडानमा सेनाद्वारा सत्ता कब्जा, प्रधानमन्त्री अब्दुल्लाहासहित कयौं नेता सेनाको नियन्त्रणमा, सरकार विघटन, संकटकालको घोषणा ।

१४. आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गतको सुपर–१२ मा आज अफगानिस्तान र स्टकल्याण्डबीच प्रतिस्पर्धा हुँदै, पहिलोपटक सुपर–१२ खेल्न लागेको स्कटल्याण्ड विजयी सुरुवात गर्ने योजनामा ।

१५. र स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज गेटाफे र सेल्टा भिगो भिड्दै, दुवी टिम एक अर्कालाई हराएर अंक तालिका सुधार गर्ने दाउमा ।

https://www.facebook.com/lokpath/videos/406350507890895

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?