काठमाडौं । श्रृंखलाबद्ध चोरी कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाभित्रका वित्तीय संस्था तथा घरमा समेत चोरी कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रामेछाप दोरम्बाका ३१ वर्षीय कमल थापामगर र ३० वर्षीय धनलाल थापा मगर र पाँचथर फाल्गुनन्दका ३९ वर्षीय हरिप्रसाद रसाइली रहेका छन् ।
उनीहरुले विभिन्न समयमा काठमाडौंका विभिन्न स्थानहरुबाट ठूलो धनमाल चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
कहाँ-कहाँ गरे चोरी ?
- मुलपानी स्थित देबि बचत तथा ऋण सहकारी सस्थाबाट नगद तथा ल्यापटप समेत गरि अन्दाजि २०,००,००० बराबर
- तिनकुने स्थित जुनार हिलटप सहकारी सस्थाबाट नगद १३७,५०० बराबरको धनमाल चोरी
- स्वयम्भु स्थित रुपेश गलानको घरमा कोही नभएको मौका पारी नगद तथा सुन चाँदीका गर गहना समेत गरि ४,८०,००० बराबरको धनमाल चोरी
- कागेश्वी मनहरा ७ स्थित दिदि सहकारि स्थाको मुल ढोका फोडी नगद २,१०,००० चोरी
- सितापाईला स्थित बिश्वनाथ खनालको घरमा कोही नभएको मौका पारी नगद तथ सुन चाँदीको गर गहना समेत गरि अन्दाजी ३,१०,००० बराबरको धनमाल चोरी
- बुद्धटोल स्थित कृष्ण लामाको घरमा कोही नभएको मौका पारी नगद तथा सुन चाँदीका गर गहना गरि अन्दाजी ४,३०,००० बराबरको धनमाल चोरी
- स्वयम्भु स्थित आरक्ष बचत तथा ऋण सहकारी सस्थाको ढोका फोडी नगद तथा सुन चाँदीका गर गहना समेत गरि अन्दाजि १,२३,००० बराबरको धनमाल चोरी
- सितापाईला स्थित शिव प्रसाद लामिछानेको घरमा कोही नभएको मौका पारी नगद तथा सुन चाँदीको गर गहना समेत गरि अन्दाजी १५,००,००० बराबरको धनमाल चोरी
- शंखमुल स्थित स्वबिबेक बचत तथा ऋण सहकारी संस्था बाट ढोका फोडी नगद १००,००० चोरी
उनीहरुलाई देशका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जानकारी दिएको छ । त्यसैगरी उनीहरुको साथबाट २ थान मोबाइल र ६२ दशमलव ८६ ग्राम सुन बरामद गरिएको प्रहरीको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया