कंगनाले जितिन् ‘चौथो नेशनल अवार्ड’, बाबुआमासँग सेयर गरिन् तस्बिर

लोकपथ
1.4k
Shares

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले आज चौथो राष्ट्रिय पुरस्कार हात पारेकी छिन् । उनले भारतका उपराष्ट्रपति वेंकैया नायडूबाट फिल्म ‘मणिकर्णिका’, ‘क्वीन अफ झाँसी’ र ‘पंगा’ का लागि यो पुरस्कार पाएकी हुन्।

यसै क्रममा कंगनाका आमा बुबा पनि उनीसँगै उपस्थित थिए। ६७औं राष्ट्रिय फिल्म पुरस्कार आज दिल्लीमा वितरण गरिएको थियो ।

अवार्ड पाएपछि कंगनाले सामाजिक सञ्जालमा आफ्ना फ्यानसँग खुसीसाटेकी छिन् । उनले आफ्नो आमाबाबुसँगको तस्बिर अपलोड गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?