नेपालमा कोरोना : सक्रिय संक्रमित १० हजारमा झरे (तथ्यांकसहित)

लोकपथ
299
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभर १० हजार ८ सय ६४ जनाको परीक्षण गर्दा ६ सय ७३ जनाको पीसीआर र १०३ जनाको एन्टीजेन पुष्टि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभरबाट ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८८ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ३ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण १३ जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार ३ सय ६० पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?