अमेरिकाले नेपाललाई दिएको खोप स्वास्थ्य सेवा विभागको भण्डारणमा

लोकपथ
126
Shares
vf]k x:tfGt/0f sf7df8f}F, * sflQsM cd]l/sL ;/sf/n] g]kfnnfO{ sf]/f]gf efO/;lj?4 n8gsf nflu Ps nfv ^@) dfqf vf]k ;f]daf/ :jf:Yo dGqfnodf cfof]lht sfo{qmddf dGqfnosf ;lrj 8f /f]zg kf]v/]nnfO{ x:tfGt/0f ub}{ o’P;PcfO8L g]kfnsf lgb]{zs ;]lk8] s]efGzf8 . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । नेपाल सरकारलाई अमेरिकी सरकारले आज कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई अमेरिकी सहयोग नियोग नेपालका निर्देशक सेपिडे केभान्साडले हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख सागर दाहाल अनुसार उक्त खोपलाई खोप केन्द्रमा पुर्याउनुअघि केन्द्रीय खोप भण्डारमा माइनस ८० डिग्री सेल्सियस तापमानमा भण्डारण गरिनेछ ।

नियोगका नेपालस्थित निर्देशक केभान्साडले खोप नेपाललाई दिन पाएकामा खुसी व्यक्त गर्दै उनले नेपाललाई भविष्यमा फाइजर खोपका लागि थप मात्रा प्राप्त गर्न सहज हुने बताए ।

नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको हो । उक्त खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले उपलब्ध गराएको हो । यसअघि अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोप १२ वर्षभन्दा माथिका मुटु, मिर्गौला, दम जस्ता दीर्घ रोगीलाई दिइने जानकारी दिए । उनका अनुसार उक्त खोप छठपछि देशका विभिन्न २३ अस्पतालबाट ती दीर्घरोगीलाई दिइनेछ ।

सरकारले बालबालिकालाई अमेरिकाबाट ६० लाख मात्रा फाइजर र ४० लाख मात्रा मोडर्ना खोप ल्याउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?