काठमाडौं । सरकारले आगामी निर्वाचनका विषयमा सरकारसँग छलफल गरेको छ । आज (सोमबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगले छलफल गरि आगामी चैत ५ गतेभित्र निर्वाचन गर्न समेत सिफारिस गरेको छ ।
आगामी जेठ ५ गतेबाट सबै स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिँदैछ । २०७४ साल वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचन सम्पन्न भइ गणना गर्दासम्मको समय हेर्दा ७ गते अर्थात जेठ ५ गते स्थानीय तहका पदाधिकारीको समयावधी सकिन्छ । म्याद सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
तर निर्वाचनसम्बन्धी कानुनमा दुई महिना अघि नै निर्वाचन गर्नुपर्ने भन्दै जेठ ५ गतेका लागि सिफारिस गरिएको बताइएको छ ।
त्यस्तै प्रधानमन्त्री देउवाले अन्य दलहरुसँग छलफल गरेर मात्रै सो विषयमा निर्णय लिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया