काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग असन्तुष्ट न्यायाधीशहरुको बैठक सकिएको छ ।
प्रधानन्यायाधीश राणाले आजका लागि बोलाएको फुलकोर्ट बैठकमा सहभागी नभएका १४ न्यायाधीशहरु न्यायालयमा भएका समस्याका विषयमा छलफल गरेका थिए । भने मंगलबार बिहान प्रधानन्यायाधीशसँग भेटेर परामर्श गर्ने सहमती भएको हो ।
बैठकमा कतिपय न्यायाधीशहरुले भने प्रधानन्यायाधीश राणा विवादमा आएका कारण मार्गप्रशस्त गर्नु पर्ने बताएका थिए ।
प्रधानन्यायाधीश राणाको फुलकोर्ट बैठक र न्यायाधीशहरुको बैठकका कारण आजको इजलास प्रभावित बनेको छ । आजका लागि विभिन्न १३ मुद्दामा पेसी तोकिए पनि छुट्टाछुट्टै बैठकले सुनुवाइ हुन सकेन ।
आइतबार नेपाल बार एशोसियशनको टोलीले प्रधानन्यायाधीश राणासँग छलफलपछि आजका लागि फुलकोर्ट बैठक बोलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया