२१ मङ्सिर २०७८, मंगलवार

खाबी लेम : जसले एक शब्द पनि नबोली टिकटकमा एक अर्ब फलोअर्स कमाए

२०७८,कार्तिक,८,सोमवार १४:४२

1.98k
Shares

काठमाडौं । खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन् । अमेरिकी नृत्याङ्गना चार्ली डी अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ ।

उनको टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् र त्यसमा उनले एक अर्ब ३० करोड लाइक पाएका छन् । कैयौ व्यक्तिहरुले लेमले अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन् ।

अमेलियो टिकटकमा एक अर्ब फलोअर्स पुर्‍याउने पहिलो व्यक्ति हुन । अहिले उनको एक अर्ब २० करोडभन्दा बढी फलोअर्स छन् । खाबी लेम पश्चिम अफ्रिकाको सेनगलमा जन्मिएका हुन् ।  २१ वर्षीय लेमको अहिले इटलीमा बसाबास रहेको छ । एक कारखानामा मजदुरका रूपमा काम गर्ने लेमले कोभिड १९ महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए।

लेमले अन्य मानिसले गरेको कुनै कार्यलाई तुलना गर्दै यस कार्यलाई कसरी सहजै गराउने भन्ने विषयलाई जोडेर आफ्नु भिडियो देखाउने गरेका छन् । बिनाकारण जटिल बनाएका छन् भनेर लेमले देखाउने गरेका छन् । तर भिडिओमा उनी बोल्दैनन् ।

उनको अनुहारको नाटकीय भावलाई देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन भन्ने पनि उनको भिडियोबाट झल्किन्छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,८,सोमवार १४:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इजरायलले देशको दक्षिणमा रहेको टर्की फार्ममा रोगजनक एच ५ एन १ (H5N1) एभियन इन्फ्लुएन्जाको प्रकोप देखिएको उल्लेख गरेको छ ।

बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका

काठमाडौं । बलिउडकी सुन्दर र निकै सक्रिय अभिनेत्री करीना कपुर खानले हलिउड अभिनेत्री जेनिफर लरेन्सको तस्बिर सेयर गरेकी छिन् ।

लन्डन । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिएको छ । यहाँ एकै दिन ओमिक्रोनका सयौँ बिरामी भेटिन थालेका छन्

ताजा समाचार

इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२