गाेली लागेर निकाे भएका श्रीनिवासाचार्य किन जाँदैछन्  दिल्ली ?

काठमाडौं–  अज्ञात समूहको गोली प्रहारवाट घाइते भएका तर हाल ठीक भएका वाल सन्त श्रीनिवासाचार्य  काठमाडौं आएका छन् । 

काठमाडौं आएको बेला उनलाई आइतबार  एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 
भेटमा डा लोहनीले अझैंपनि अपराधी पत्ता लगाउन नसक्नुले सरकारको सुरक्षामाथि प्रस्न उठेको बताए । साे क्रममा उनले तत्काल अपराधि पत्क्राउ परेर कानूनी कारबाही गर्न अाग्रह गरे । 

यसैबीच श्रीनिवासाचार्य  भोलि भारतको  नयादिल्ली तर्फ प्रस्थान गर्ने भएका छन् ।  थप उपचारको लागि उनी त्यसतर्फ जान लागेकाे बताइएकाे छ । 

उनीमाथि गत  चैत २४ गते राति विराटनगरस्थित बस्दै अाएकाे मन्दिरमा अज्ञात अज्ञात समूहले गाेली प्रहार गरेकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?