‘आधा भन्दा बढी अफगानीले तीव्र खाद्य अभावको सामना गर्नेछन्’

लोकपथ
156
Shares

काठमाडौं । आउँदो जाडोयाममा २ करोड २० लाख भन्दा बढी अफगानीहरु ‘तीव्र खाद्यान्न असुरक्षा’ को शिकार बन्नेछन्, संयुक्त राष्ट्र संघीय एजेन्सीहरुले सोमबार बताएको छ ।

पहिले नै अस्थिर अवस्थामा रहेको यस देशलाई विश्वको सबैभन्दा खराब मानवीय संकटको सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।

यस जाडोमा लाखौं अफगानीहरु आफ्नो देशबाट पलायन हुने या भोकमरी बीच छनौट गर्न बाध्य हुने विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बीस्लेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?