डीएसपी विश्वराज खड्काले पाए दरबारमार्ग प्रहरीको जिम्मेवारी

लोकपथ
1.7k
Shares

काठमाडौं । महानगरीय प्रहरी वृत्त दरबारमार्गको जिम्मेवारी डीएसपी विश्वराज खड्काले पाएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले डीएसपी रामेश्वर पौडेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्दै खड्कालाई दरबारमार्गको जिम्मेवारी दिएको हो।

डीएसपी विश्वराज खड्काले यसअघि इलाका प्रहरी कार्यालय गजुरी र बालाजु वृत्तको इन्चार्ज भएर काम गरिसकेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनको काज सरुवा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?