२१ मङ्सिर २०७८, मंगलवार

महिला फुटबल : गोदावरीको पहिलो जित

२०७८,कार्तिक,८,सोमवार १३:१९

234
Shares

काठमाडौं । गोदावरी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा महालक्ष्मी नगरपालिकालाई ५–३ गोल अन्तरले पराजित गर्दै गोदावरीले पहिलो जित दर्ता गराएको हो ।

गोदावरीको जीतमा दावा डोल्मा लामा र एस्थर तामाङले दुई-दुई गोल गरिन् भने यान्जोम रोकायाको नाममा एक गोल रह्यो ।

महालक्ष्मीकी कप्तान सरु राईले दुई र पूजा लामाले एक गोल गरिन् । जीतसँगै गोदावरीले तीन खेलमा तीन अङ्क जोड्यो । महालक्ष्मीको यो लगातार तेस्रो हार हो । समूह ए मा रहेका दुवै टोली बाहिरिसकेका छन् । प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई एन्फाले विभिन्न १० समूहमा विभाजन गरेको थियो । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् ।

प्रकाशित मिति: २०७८,कार्तिक,८,सोमवार १३:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज ९मंगलबार० समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’का खेलहरू हुँदैछन् ।

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा कप फुटसल तथा प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि/कर्मचारी कप फुटसल प्रतियोगिता यही मंसिर २४ र २५

काठमाडौं । प्रधानमन्त्री कप प्रदेशस्तरीय टि ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सिरहा र महोत्तरी तथा सर्लाही र बाराबीच

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल इभर्टनसँग पराजित भएको छ । सोमबार राति भएको खेलमा इभर्टनले आर्सनललाई २-१ गोल

ताजा समाचार

बुटवलको विभिन्न समस्या समाधान गर्न दबाब
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४८
उपकुलपतिमा डा महतो नियुक्त
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४२
इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८