पाँचथर बस दुर्घटना अपडेट : ५४ घाइते मध्ये १० जनाको अवस्था गम्भीर

लोकपथ
1.8k
Shares

काठमाडौं । पाँचथरमा यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । ५४ जना घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले लोकपथलाई जानकारी दिए ।

“चालक र सहचालककै अवस्था गम्भीर भएकाले बसमा कति यात्रु सवार थिए भन्ने यकिन जानकारी आउन सकेको छैन् । घाइतेमध्ये १० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।” प्रहरी निरीक्षक विश्वकर्माले भने ।

आज (सोमबार) बिहान सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि घाइते हुनेहरुको उद्दार भइरहेको र उपचारका लागि जिल्ला अस्पताल पाँचथर र पाथिभारा अस्पतालमा पठाउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो पनि पढ्नुहोस् : पाँचथरमा बस दुर्घटना : ५४ जना घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?