बैंकको मनोमानी बढ्दै : ‘एक्सन’मा उत्रियो राष्ट्र बैंक

लोकपथ
91
Shares

काठमाडौं। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकलाई टेर्नै छाडेका छन् ।

राष्ट्र बैंक कडा रुपमा प्रस्तुत नभएको मौका पारेर बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको निर्देशन नै मान्न छाडेका छन् । व्यापार व्यवसाय बढाउने नाममा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंककै निर्देशन उल्लंघन गरेका हुन् ।

राष्ट्र बैंकका अनुसार संचालनमा रहेका २७ मध्ये ९ वाणिज्य बैंक बैंकहरुले राष्ट्र बैंकको निर्देशन विपरिक काम गरेको देखिएको छ । बैंकहरुले तोकिएको अनिवार्य नगद मौज्दात कायम नगरेको, प्राथमिकता प्राप्त क्षेत्रमा सीमासम्म लगानी नगगरेको, सम्पती सुदृढीकरण सम्बन्धी ऐन उल्लंघन गरेको, तथा अन्य नीति निर्देशन विपरित काम गरेको भन्दै राष्ट्र बैंकले कारबाही गरेको हो ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष पहिलो, दोस्रो र तेस्रो त्रैमासमा गरी बैंकहरुलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले निर्देशन विपरित काम गरेको भन्दै बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) समेतलाई कारवाही गरिएकोे छ ।

 

राष्ट्र बैंकले ग्लोबल आइएमइ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिभिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक,प्रभु बैंक,नेपाल बंगलादेश बैंक लगायतका बैंकहरु कारवाहीमा परेका छन् । राष्ट्र बैंक अन्तर्गतको वाणिज्य बैंक सुपरिवेक्षण विभागले गत आर्थिक वर्षमा विभिन्न वाणिज्य बैंकहरुलाई कारबाही तथा हर्जना गराएको हो ।

 

 

वणिज्य बैंकहरु मात्रै होइनन्,फाइनान्स(वित्त) कम्पनीहरु पनि राष्ट्र बैंकको नियम विपरित गएर काम गरेका छन् । गत आर्थिक वर्षमा राष्ट्र बैंकले स्थलगत अनुगमन गर्दा विभिन्न वित्त कम्पनीहरुको कैफित फेला पारेको हो । राष्ट्र बैंकले तोके अनुसार विपन्न वर्ग कर्जा प्रवाह नगरेकामा सिटी एक्सप्रेस फाइनान्स, जानकी फाइनान्सलाई पनि कारबाही गरी हर्जाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सम्मृद्धि फाइनान्स, गुडविलफाइनान्स, ललितपुर फाइनान्स, सिटि एक्सप्रेस जानकी फाइनान्स, ललितपुर फाइनान्स लगायतका फाइनान्स कम्पनीहरुलाई कारबाही गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?