‘एल क्लासिको’ : रियल मड्रिडको शानदार जित

लोकपथ
221
Shares

काठमाडौं । एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित हात पारेको छ । आइतबार राति भएको सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियलले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा रियललाई जित दिलाउन डेभिड अलाबा र लुकास भास्क्वेजले समान एक एक गोल गरे। बार्सिलोनाका सर्जियो अग्युरोले एक गोल फर्काएका थिए ।

९ खेलमा २० अंक जोड्दै रियल शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?