लिभरपुलको शानदार जितमा युनाईटेड स्तब्ध

लोकपथ
221
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित हात पारेको छ । आइतबार राती भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । नेबी केइटा र डिएगो जोटाले एक एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । १३ औं मिनेटमा जोटाले गोल गर्दा लिभरपुललाई २-० को अग्रता दिलाए ।

खेलको ३८ औं मिनेटमा सलाहले गोल गर्दै ३-० अग्रता को बनाए ।

पहिलो हाफको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को अग्रता दिलाए । त्यसपछि खेलको ५० औं मिनेटमा सलाहले ह्याट्रिक पूरा गरेपछि लिभरपुल ५-० ले विजयी भयो ।

Image

५८ औं मिनेटमा युनाईटेडका रोनाल्डोले गोल गरेपनि भीएआरको सहायतामा गोल गर्नु अघि रोनाल्डो अफसाइड देखिएका थिए ।

यस्तै खेलको ६० औं मिनेटमा पाउल पोग्बाले रातो कार्ड पाएपछि युनाईटेड १० खेलाडीमा समेटिएको थियो । जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले ९ खेलमा २१ अंक जोडेको छ ।

युनाईटेड १४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?