यू-२३ एसियन कप छनोट : नेपाल र इरान भिड्दै

लोकपथ
1.1k
Shares

काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले आज सोमबार इरानसँग भिड्दै छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र इरानविरुद्धको खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

इरानविरुद्धको खेलमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । इरानविरुद्धको खेल अगावै नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् ।

नेपालले यू-२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो । यस अघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यस खेलमा इरानले नेपाललाई ५-० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?