सोमबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

लोकपथ
299
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

आज छापवाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कायम भएको छ ।

सोमबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?