११ अफगानी नागरिक पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । प्रहरीले काठमाडौंको सिनामंगलबाट ११ अफगानी नागरिकलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार बिहान अफनाग मुलका ११ जनालाई नियन्त्रणमा लिएको हो ।

तालिबानीले सत्ता कब्जा गरेसँगै बिना अनुमती नेपाल प्रवेश गरेका उनीहरुलाई सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु बिना अनुमती नेपाल प्रवेश गरेका मध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद गरिएको छ । साथै उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?