काठमाडौं । काठमाडौंको बसुन्धाराबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन् ।
लमजुङ सुन्दरबजार ३ घर भई हाल काठमडौंको गैरीधारा बस्ने २४ वर्षीय सुमन थापा पक्राउ परेका हुन् ।
थापाले चलाएको जीपकोले मोटरसाइकललाई काठमाडौंको बसुधारामा ठक्कर दिँदा एको मृत्यु भएको थियो । ठक्करबाट स्याङ्जा पुतलीबजार ३ घर भई हाल काठमाडौं महानरपालिका बस्ने २६ वर्षीय सन्तोष नेपालीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा स्याङ्जा पुतलीबजारकै अर्जुन बोहोरा भने घाइते भएका छन् । उनको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।
थापाले चलयाएको ब३च १६५४ नम्बरको निशान जीपले बा४०प ५७७५ नम्बरको मोटरसाइकललाई गएराति ११ः१५ बजे ठक्कर दिएको जानकारी महारागञ्ज प्रहरी वृत्तले जानकारी दिए ।
घटनाको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले एक पेस्तोलसहित सुमन थापा पक्राउ परेका छन् ।
जीप चालक थापाललाई नियन्त्रणमा लिइ चेकजाँच गर्ने क्रममामा अगाडीको सिटबाट ‘अटो पेस्तोल यूएसए’ लेखिएको एकथान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको पेस्तोलसँगै एक थान म्यागजिन र ३ राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका थापालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया