२१ मङ्सिर २०७८, मंगलवार

सोच परिवर्तनका लागि पढ्नुहोस् गौतम बुद्धका महान भनाइहरु

२०७८,कार्तिक,८,सोमवार ११:४८

135
Shares

काठमाडौं । गौतम बुद्ध गौतम गोत्रमा आजभन्दा ५ सय ६३ इसाईपूर्वमा नेपालको लुम्बिनीमा जन्मिएका थिए । उनलाई बुद्ध धर्मका प्रणेता मान्ने गरिन्छ ।

बोधि अर्थात् अन्तिम सत्यको साक्षात्कार गरेको हुनाले उनलाई बुद्ध भनिएको हो । उनले राजकुमार भएर पनि राज्यको सुखसयल त्यागेर जप,तप र साधनाको लागि हिँडेका थिए ।

उनको बास्तविक नाम सिद्धार्थ गौतम थियो । वैशाख शुक्ल पूर्णिमाको दिन पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट उनी जन्मिएका थिए ।

गौतम बुद्धका २० महान भनाईहरु

१. लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो ।

२. शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।

३. शान्ती मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् ।

४. यदि तिमीले आफूलाई सच्चा प्रेम गर्छाै भने तिमीले कहिल्यै अरुलाई चोट दिन सक्दैनौ ।

५. खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ ।

६. जसले अर्काको ईष्या गर्छ त्यसले मनको शान्ती पाउँदैन ।

७. एक जग पानी थोपा-थोपा मिलेर भरिन्छ ।

८. अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालाे हुन्छ ।

९. प्रयोग नगरुन्जेलसम्म तपाईले बोलेका,सिकेका र पढेका वाक्य बेकार हुन्छन् ।

१०. जुन बेला तपाईले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ ।

११. रिस पालेर राख्नु भनेको विष पिएर अरु मर्ने आश गर्नु हो ।

१२. भुतकाल बितिसक्यो, भविष्य अझै आएको छैन,तिमीसँग जीउनको लागि मात्र एक क्षण छ ।

१३. तपाईले बाटो परिवर्तन गर्नु भएन भने त्यहिँ पुग्नुहुन्छ जहाँ तपाई गइरहनु भएको छ ।

१४. हरेक मानिस आफ्नो रोग र स्वास्थ्यको रचना आफैले गर्छ ।

१५. राम्रो भुक्दैमा कुकुर राम्रो मनिन्न र राम्रो बोल्दैमा मानिस राम्रो कहलिँदैन ।

१६. जो मुर्ख साचाे धर्म जान्दैन त्यसका लागि जीवन लामो हुन्छ ।

१७. आफैलाई जित्नु अरुलाई जित्नुभन्दा ठूलो काम हो ।

१८. हामी जे सोच्छौँ त्यहि बन्छौँ ।

१९. सबै भन्दा अध्याँरो रात अज्ञानता हो ।

२०. खोक्रा शब्दहरु भन्दा शान्ती दिने एक शब्द नै उत्तम हुन्छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,८,सोमवार ११:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अहिले मौसम चिसो छ । चिसो मौसममा ब्याक्टेरियाबाट हुने विभिन्न किसिमका सङ्क्रमणहरू बढी देखिने गर्छ । जसको कारण रोगब्याधी हुने

अहिले विश्वमा कोभिडको ओमिक्रोन भेरियन्टले तहल्का मच्चाइरहेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान गरिएको ओमिक्रोन अहिले विश्वका विभिन्न मुलुकमा

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुंगका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक

ध्यू कुमारी (एलाे भेरा) लाई धेरै नै बहु गुणकारी बिरुवा मानिन्छ । सदियौँ देखि विभिन्न किसिमका रोग व्याधि देखि समस्याहरूलाई

ताजा समाचार

बुटवलको विभिन्न समस्या समाधान गर्न दबाब
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४८
उपकुलपतिमा डा महतो नियुक्त
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४२
इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३