छुट्ला है, सामलिङ्ग पावरको आईपीओमा आवेदन दिने अन्तिम मौका आज

लोकपथ
91
Shares

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज (सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

कम्पनीले कात्तिक ४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ धमाधम बिक्री गरिरहेको छ । कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसैगरी, बाँकी ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर सफ्वेयर र मेरो सेयर एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?