१५ चैत्र २०७९, बुधबार

कलैया दूधको सहर

२०७४,आश्विन,२४,मंगलवार ०७:४६

0
Shares

वीरगञ्ज, असोज २४ ।प्रदेश नं २ अन्तर्गत रहेको बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।जिल्ला पशुसेवा कार्यालयले सदरमुकाम कलैयालाई दूधको सहर (मिल्क सिटी )को रुपमा विकास गर्ने नीति अघि सारेको छ ।दैनिक एक लाख ८० हजार लिटर दूध उत्पादन हुँदै आएको सदरमुकाम कलैया वरपरको करिब १० किलोमिटर क्षेत्रलाई दूधको सहरको रुपमा विकास गर्ने योजना रहेको कार्यक्रम रहेको वरिष्ठ पशु विकास अधिकृत डा देवनन्दन साहले बताए ।गाई भैँसीमा कृत्रिम गर्भाधान कार्यक्रम प्रभावकारी भएपछि जिल्लाका किसान दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएका छन् । आर्थिक वर्ष २०७२/७३ को तुलनामा आव २०७३/७४ मा २४ प्रतिशतले कृत्रिम गर्भधान बढेको छ । जिल्लामा करिब ७० हजार किसान पशुपालन व्यवसायमा संलग्न छन् ।जिल्लामा आव २०७३/७४ मा रु तीन अर्ब २६ करोड ६९ लाखको छ करोड ५३ लाख ३८ हजार लिटर दूध उत्पादन भएको थियो । जिल्लामा दैनिक रु ९० लाख मूल्य बराबरको एक लाख ८० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । दैनिक ४० हजार लिटर दूध हेटाँैडा, काठमाडौँ, पोखरा, विराटनगर, सप्तरीलगायत ठाउँमा बिक्री हुन्छ । करिब २२ प्रतिशत दूध स्थानीय बजारमा, मिठाई पसल तथा चिया पसलमा खपत हुन्छ ।यसैगरी, जिल्लामा उत्पादन भएको रु पाँच लाख मूल्यको १० हजार लिटर दूध दैनिक भारतीय बजारमा बिक्री गरिन्छ । जिल्लामा अघिल्लो आवमा रु तीन अर्ब १५ करोड २६ लाख ५० हजार मूल्यको छ करोड ३० लाख ५३ हजार लिटर दूध उत्पादन भएको थियो । कार्यालयले किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्न युवा स्वरोजगार कार्यक्रमअन्तर्गत गोठ निर्माण, दूध प्रशोधन, सहकारी संस्थालाई चिलिम भ्याट, बायो ग्याँस निर्माण, साइनो कीट निर्माण, डेरी सुधार तथा घाँस बाली उत्पादन गर्न अनुदान दिन थालेको छ ।जिल्लामा ४० वटा डेरी उद्योग रहेको छ । गाई भैँसी कार्यक्रमलाई अझ प्रभावकारी बनाई दूध उत्पादनमा वृद्धि गर्न जिल्ला पशुसेवा कार्यालयले ग्रामीण बस्तीमा घुम्ती पशु स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई घरदैलोमै पशुसेवासम्बन्धी प्याकेज कार्यक्रम सञ्चालन गरेको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०७:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बुधबार नेपाली बजारमा

काठमाडौं । एमजी भेइकलको लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरीयन्टको एसयुभि एमजी जेड

काठमाडौं । ग्लोबल मनी विक–२०२३ अभियान अन्तर्गत सानिमा बैंकले चैत्र ६ देखि चैत्र १२ गतेसम्म देशभरका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई रु एक लाखसम्मको कारोबारमा सरलीकृत

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२
दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३