सामुहिक बलात्कार गरी भिडियो बनाउने तीन पक्राउ

लोकपथ
3k
Shares

घोराही । सामुहिक बलात्कारको भिडियो बनाउने तीन जना पक्राउ परेका छन् ।

महिलालाई प्रलोभन र प्रभावमापारी प्रेम गरेको नाटक गरेर जंगलमा लगि सामुहिक बलात्कार गरेको आरोपमा घोराहीका तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १० का २५ बर्षीय सुयोग योगी, २२ बर्षीय सुनिल पुन मगर, १९ बर्षीय दिनेश परियार रहेका छन् । अरु दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

पाँच जना युवाले आफुलाई जंगलमा लगि सामुहिक बलात्कार गरेको भनेर एक जना महिलाले असारमा र अर्कीले असोज ३१ गते किटानी जाहेरी दिएपछि आरोपित मध्य तीन जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान जारी रहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार पाँच जना युवाहरुले मिलेर सुरुमा महिलालाई आर्थिक सहायता गर्ने, मोटरसाईकलमा लिफ्ट दिने, अन्य हरेक कुराको साथ सहयोगको प्रलोभनमा पारेर माया प्रेम गरेको नाटक गरि जंगलमा पु¥याएपछि सामुहिक बलात्कार गरेका हुन् । उनीहरुले सामुहिक बलात्कारको भिडियो बनाउने, सुनका गरगहना समेत लुटपाट गर्ने, कसैलाई भनेमा ज्यान लिने धम्कि समेत दिदैँ आएका थिए ।

सामुहिक बलात्कारमा संलग्न भनिएका थप दुई जना फरारहरुको खोजी कार्य भइरहेको तथा घटनामा बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?