२१ मङ्सिर २०७८, मंगलवार

थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने

२०७८,कार्तिक,८,सोमवार ०८:१९

153
Shares

सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिकाले विद्युतीय राजस्व भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

गाउँपालिकाले जग्गा, घर भाडा, सवारी साधन, व्यवसाय , मालपोत, सम्पत्ति करलगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाइनबाट तिर्न सजिलो होस् भन्ने ध्येयले सो प्रणाली लागू गरेको हो । गाउँपालिका अध्यक्ष असिम राईले अनलाइनबाट सेवा प्रदान गर्न ‘करदाता पोर्टल’ कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

उनले विगतमा गाउँपालिकाको कार्यालयमै आएर कर तिर्ने गरेका नागरिकले अब घरमै बसेर कर तिर्न सक्ने छन् भने । सो प्रणाली मार्फत गाउँपालिकाको मातहतमा करदाताको रुपमा दर्ता भएको सेवाग्राहीले इन्टरनेटको पहुँचमार्फत आफ्नो प्रयोगकर्ताको नाम र पासवर्ड प्रयोग गरी जुनसुकै ठाउँबाट आफ्नो व्यक्तिगत विवरण, सम्पत्ति विवरण, व्यवसायको विवरण र कर तिरेको विवरण हेर्न मिल्ने बताइएको छ ।

जग्गाको कर, घर भाडा, सवारी साधनको कर, व्यवसाय कर, मालपोत, सम्पत्ति करलगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाइनबाट नै सम्पादन गर्न सकिने गाउँपालिकाले जनाएको छ । यस पोर्टलबाट सबैभन्दा पहिला गाउँपालिकाको वडा कार्यालयमा आफ्नो मोबाइल नम्बर, ईमेल ठेगाना र व्यवसाय तथा मालपोत विवरण सहित करदाताको रुपमा दर्ता गरिएको हुनुपर्ने छ । वडा कार्यालयमा स्वयं व्यक्ति वा इमेलको माध्ययमबाट सम्पर्क गरी आवश्यक कागजात पेश गरेर करदाताको रुपमा सूचीकृत भई करदाताको सङ्केत नम्बर र नयाँ आन्तरिक सङ्केत नम्बर प्राप्त गर्नुपर्ने प्रावधान छ ।

करदाता र नयाँ आन्तरिक सङ्केत नम्बर प्राप्त गरिसकेपछि इ–सर्भिस डट थुलुङ दूधकोशी गाउँपालिका डट जिओभी डट एनपीमा गई नयाँ प्रयोकर्ताको रुपमा रजिष्टर गर्नुपर्ने, आफ्नो युजर र पासवर्ड लगिन गरेपछि भुक्तानीमा गएर कर तिनुपर्ने विवरण हेरी अनलाइन भुक्तानी सेवा प्रदायक इ–सेवाबाट भुक्तानी गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यस्तै कर तिर्नुपर्ने विवरण केही नदेखिएको खण्डमा करको प्रकार छनोट गरी कर निर्धारण गरी तिनुपर्ने कर अनलाइन भुक्तानी सेवा प्रदायक इ–सेवाबाटै भुक्तानी गर्न सकिने, करदाता पोर्टलमा रजिष्टर भइसकेपछि इ–सेवाको मोबाइल एपमा गएर स्थानीय सरकारमा आफ्नो करदाता नम्बर राखे तिनुपर्ने करको रकम देख्न सकिने छ । करदाता पोर्टल सञ्चालन भएयता गाउँपालिकामा हालसम्म एक लाख २३ हजार १४३ रुपैयाँ राजस्व सङ्कलन भइसकेको समेत गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,८,सोमवार ०८:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विराटनगर। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश नं १ को मत गणना सुरु भएको छ। कांग्रेस पार्टी कार्यालय मोरङमा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नं १ को सभापतिमा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले उम्मेवारी दिने भएका

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले एमाले नेताहरु देख्नेबित्तिकै भाग्नुपर्ने दिन आएको टिप्पणी गरेका छन् ।

काठमाडौं । प्रदेश नं १ मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने भएको छ । आज बसेको

ताजा समाचार

बुटवलको विभिन्न समस्या समाधान गर्न दबाब
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४८
उपकुलपतिमा डा महतो नियुक्त
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४२
इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३