असोजमा ७४ जना व्यक्ति मानव अधिकार उल्लङ्घनका घटनाबाट पीडित

लोकपथ
104
Shares

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज महिनामा ७४ जना व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ ।

इन्सेकले असोज महिना र कात्तिक ७ गतेसम्मको घटनालाई विश्लेषण जारी आज सार्वजनिक गरेको तथ्याङ्कमा २० पुरुष र ५४ महिला गरी गरी ७४ जना व्यक्तिमाथि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको उल्लेख छ ।

इन्सेकको तथ्याङ्कअनुसार वाग्मती र लुम्बिनी प्रदेशमा १६÷१६, प्रदेश २ मा १४, प्रदेश १ मा ११, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६÷६ र गण्डकी प्रदेशमा पाँच जना पीडित भएको उल्लेख छ । असोजमा प्रहरीको गोली लागि चार जनाको मृत्यु भएको छ । यो अवधिमा पत्नी हत्याका तीन, परिवारजनबाट हत्याका दुई, बलात्कारपछि हत्याको एक र अन्य घटनामा चार गरी १४ जनाको हत्या भएको छ । यो अवधिमा दुई जनाको मृत्यु कारागारमा भएको छ भने एक जनाको मृत्यु हिरासतमा भएको छ ।

असोजमा अपहरणका घटनामा दुई, कुटपिटका घटनामा सात, घाइते दुई, दुव्र्यवहारका घटनामा चार जना पीडित भएको इन्सेकले जनाएको छ । बालअधिकार उल्लङ्घनका घटनामा २६ जना बालिका तथा महिला अधिकार उल्लङ्घनका घटनामा १६ जना पीडित भएका छन् भने बालअधिकार उल्लङ्घनका घटनामा परी २६ जना बालिका पीडित भएका छन् ।

अभिलेखित घटनाहरूमध्ये बलात्कारका घटनामा १९, यौन दुव्र्यवहारका घटनामा ६, बेचबिखन प्रयासको घटनामा एक र विद्यालयमा शारीरिक दण्ड सजायको घटनामा एक जना पीडित भएका थिए । त्यसैगरी बलात्कारका घटनामा ६ जना, बलात्कार प्रयासका घटनामा ६, यौन दुव्र्यवहारको घटनामा एक, बेचबिखन, बेचबिखन प्रयास र घरेलु हिंसाका घटनामा एक÷एक जना महिला पीडित भएका उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?