खुमलटार भेट्रान र विजयी युथ हेटौंडाको विजयी सुरुवात

लोकपथ
104
Shares

काठमाडौं । मेयर कप भेट्रान फुटलब प्रतियोगिता अन्तर्गत आएको भएको खेलमा एफई खुमलटार भेट्रान र विजय युथ क्लब हेटौंडा भेट्रानले जित निकालेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा खुमलटारले ललितपुर वडा नं १४ लाई पराजित गर्दा अर्को खेलमा विजय युथ हेटौंडाले काभ्रे भेट्रान क्लबलाई हराएको हो । खुमलटारले ललितपुरलाई ४–१ हराउँदा अर्को खेलमा हेटौंडाले काभ्रेमाथि ३–० को सहज जित निकालेका हो । खुमलटारलाई स्पष्ट तीन अंक दिलाउन दुई गोल गरेको खुमलटारका जुमानु राई म्यान अफ दि म्याच घोषित भए । जुमानुले खुमलटारका लागि सुरुआती दुई गोल टोली टोलीलाई जित तर्फ डो-याएका थिए । यस्तै राजकुमार घिसिङ र रितेश खड्काले एक/एक गोल गर्दा एक गोल उपहार दिँदा खेल ४–१ को अवस्थामा टुङग्एिको थियो ।

प्रतियोगिता अन्तर्गत दिनको दोस्रो खेलमा विजयी युथ हेटौंडालाई जित दिलाउने क्रममा कृष्ण शाक्यले दुई गोल गर्दा उत्तर कुमार दुलालले एक गोल आफ्नो नाममा लेखाए । यस खेलमा विजय युथका कृष्ण शाक्य म्यान अफ दी म्याच घोषित भए । भेट्रान फुटबल अन्तर्गत दिनको तेस्रो खेलमा चितवन भेट्रान क्लबले चितवन भेट्रान पश्चिम क्लबमाथि ९–० को रावाफिलो जित निकाल्यो । चितवनको जितमा रमेश थापाले ह्याट्रिक गर्दा कप्तान रविन्द्र श्रेष्ठ र सुरेश कुमार श्रेष्ठले समान दुई÷दुई गोल गरे । यस्तै कमल गुरुङ र धरेन्द्र राज शाहीले एक÷एक गोल आफ्नो नाममा लेखाए ।

प्रतियोगितामा भोली तीन खेल हुनेछन् । पहिलो खेल समूह ए को फुटबल फेलोसिप क्लब र फर्पिङ स्पोर्ट्स डेभलपमेन्ट क्लबबीच प्रतिस्पर्धा हुँदा दिनको दोस्रो खेल भनिमण्डल भेट्रान क्लब र वि वेयर ब्रदर्श तथा तेस्रो खेल एसएनकेसी र बौद्ध भेट्रान क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?