२१ मङ्सिर २०७८, मंगलवार

राष्ट्र र जनताको हितको पक्षमा काम गर्छौं : ओली

२०७८,कार्तिक,७,आईतवार १९:२७

72
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण राष्ट्र हित र जनताको पक्षमा काम गर्ने बताएका छन् ।

आज नेकपा एमाले झापा जिल्ला कमिटीले बिर्तामोडमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले सार्वभौम सत्ता, स्वाधीनता, भौगोलिक अखण्डताको पक्षमा होस् या राष्ट्रिय हित र संवद्र्धन गर्ने काममा पार्टीले कहिले कसैसँग पनि अनैतिक सम्झौता नगर्ने बताए ।

उनले देशमा सुशासन कायम गर्ने, विकासको लहर ल्याउने कुरा र समृद्ध नेपाल सुखी नेपाली बनाउने काममा नेकपा एमाले एक ढिक्का भएर लाग्ने बताए। अध्यक्ष ओलीले भने, “राष्ट्रिय हितको संरक्षण र संवर्द्धन गर्ने कुरामा नेकपा एमालेले अनुचित सम्झौता गर्दैन, जहिल्यै नेपाली र राष्ट्रको शिर माथि उठाउने काममा प्रतिबद्ध रहन्छ ।”

उनले आजै नेपाली कांग्रेस र माओवादीलगायत विभिन्न पार्टी परित्याग गरी आएका पाँच हजारभन्दा बढी कार्यकर्तालाई पार्टीमा स्वागत गरे। अध्यक्ष ओलीले नेकपा एमालेले छ हजार ७४३ वटा वडाको अधिवेशन शनिबारसम्पन्न गरिसकेको बताउँदै आगामी कात्तिक ९ गते ७५३ पालिकाको अविधेशन एकै दिन पार्टीले गर्न लागेको जानकारी दिए। उनले एमालेले जस्तो विधान महाधिवेशन र देशैभर एकै दिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न नसक्ने जिकिर गरे।

कार्यक्रममा संविधानसभाका अध्यक्ष तथा पार्टीका संसदीय दलका उपेनता सुवासचन्द्र नेम्वाङले देशभर अन्य पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको बताउँदै भने, “अरू पार्टीमा भुइँचालोको परकम्पन गए झैँ भएको छ । एमालेमा सुमधुर सङ्गीतको जस्तो आवाज देशभरबाट उर्लिएर पार्टी प्रवेशको लहर चलेको छ ।”

पार्टीका वरिष्ठ नेता लेखराज भट्टले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन प्रतिबद्ध रहेको बताउँदै नवप्रवेशीहरुलाई एमाले प्रवेश गरेकामा पछुताउनु नपर्ने बताए ।

प्रकाशित मिति: २०७८,कार्तिक,७,आईतवार १९:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कांग्रेस सभापतिका आकांक्षी डा शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भोलि (बुधबार) साँझसम्म पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले न्यायालय सुधार्ने विषयमा आफ्नो कुनै आपत्ति नरहेको बताएका छन् ।

काठमाडौं । संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिदैँ चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको घरमा कांग्रेसका युवा नेताहरुले प्रदर्शन

ताजा समाचार

इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२