लगातार हाच्छ्युँ किन आउँछ ? यस्तो छ यसको उपचार (भिडियोसहित)

लोकपथ
8.7k
Shares

श्वासप्रश्वाससम्बन्धी देखिने एलर्जिक राइनाइटिसको समस्या अहिले बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । वायुमण्डलमा भएका विभिन्न किसिमका प्रदूषणदेखि शरीरको रोगप्रतिरोधी क्षमतामा देखिएको कमी, खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण यो समस्या बढेको उनीहरू बताउँछन् ।

एलर्जिक राइनाइटिसको विषयमा आयुर्वेदिक उपचार गर्दै आएका डा. नवीन बास्तोलाका अनुसार यो समस्या देखिनुका धेरै कारण रहे पनि अहिले यो समस्या बढ्दै गएको छ । लगातार रूपमा हाच्छ्युँ आउनु, नाकबाट पातलो सिँगान बग्नु, नाक, आँखा, घाँटी चिलाउनु यसको मुख्य लक्षण हो ।

श्वासप्रश्वासको माथिल्लो भागबाट देखिने यो समस्यालाई समयमै उपचार नगरेमा तल्लो भागमा सङ्क्रमण गरेर दमको समस्या समेत निम्त्याउन सक्ने डा. बास्तोला बताउँछन् ।

डा. बास्तोलाका अनुसार यो समस्या वायुमण्डलमा भएको प्रदूषणलगायत खानपान र जीवनशैलीमा आएको परिवर्तनको कारण बढी देखिन थालेको हो । राति अबेर सुत्ने, चिसो पदार्थहरूको अत्यधिक सेवन गर्ने, शारीरिक अभ्यासका कामहरू कम गर्नेजस्ता कारणले गर्दा यो रोग बालबालिकादेखि युवाहरूमा देखिन थालेको हो ।

उनका अनुसार विशेषतः ५ वर्षमुनिका बालबालिकाहरू बाहिरी वातावरणसँग आफूलाई तालमेल मिलाउन सकिरहेका हुँदैनन् ।

उनीहरूमा बढी श्वासप्रश्वासको समस्या देखिने गर्छ । यस्तो अवस्थामा उनीहरूले चिसो पदार्थको सेवन, साँझको समयमा दही, हरियो सागपात, फलफूल, फ्रिजमा राखेको खानेकुरा खाएमा उनीहरूमा एलर्जिक राइनाइटिसको समस्या हुने सम्भावना बढ्दै जान्छ ।

एलर्जिक राइनाइटिस हुन नदिन खानपानको शैलीमा परिवर्तन, पोसिलो खानेकुराको सेवन, प्रदूषणबाट जोगिनु नै हो । यदि यो समस्या भएमा केही घरेलु खानेकुराबाटै औषधिको रूपमा उपचार गर्न सकिने डा. बास्तोला बताउँछन् ।

डा. बास्तोलासँग एलर्जिक राइनाइटिसको विविध विषयमा गरिएको कुराकानीको भिडियो अंश हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?