भीम रावलको टिप्पणी : ‘कुटनीतिको ‘क’ नजान्नेहरु राजदूत भए’

लोकपथ
312
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले नेपालले कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामू पुर्‍याउन पनि नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने आवश्यक्ता औंल्याएका हुन् । संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा कूटनीतिको ‘क’ पनि नजान्नेहरु राजदुत भएर विभिन्न देश गएको देख्दा आफूलाई दुःख लाग्ने गरेको बताए । उपाध्यक्ष रावलले देशको पहिचान मेटाएर आफ्नो पहिचान भेटाउने प्रयास नगर्न पनि कूटनीतिज्ञहरुलाई सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘मैले यस्तो राजदुत देखेको छु, जसलाई अंग्रेजीको ‘अ’ आउँदैन । कूटनीतिको ‘क’ आउँदैन । मेरो देश नेपाल हो । यो नेपालको हितमा हुनुपर्छ भनेर बोल्न सक्दैन । ऊ नै राजदुत बनेर जाने गरेको छ ।’

उपाध्यक्ष रावलले विश्व शान्तिका लागि परिचालन हुने सुरक्षाकर्मीहरुको सेवा र सुरक्षाको उचित व्यवस्थाका लागि संयुक्त राष्ट्र संघसँग पहल गर्न सरकारलाई सुझाव दिए । उनले आफूले रक्षामन्त्री हुँदा त्यसको पहल गरेपनि समय अभावमा कारण काम गर्न नसकिएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?