१८ मङ्सिर २०७८, शनिवार

प्रधानमन्त्री र अर्थमन्त्री कर्णाली नगएको भन्दै सांसद महतको आपत्ति

२०७८,कार्तिक,७,आईतवार १८:२१

81
Shares

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढिपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाएका छन् ।

हुम्लाका सांसद महतले आफूले आग्रह गर्दा पनि प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मा सुदूरपश्चिम प्रदेश पुगेर पनि नजिकैको कर्णाली प्रदेश नपुगेकोमा आक्रोश समेत व्यक्त गरे ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै उहाँले कर्णाली प्रदेशमा बाढि पहिरोको कारण ठूलो अन्नबाली नष्ट हुँदा स्थलगत अवलोकनका लागि नजाने प्रधानमन्त्री सुदूरपश्चिम प्रदेश भने आफ्नो निर्वाचन क्षेत्र भएर गएको गम्भिर आरोप समेत लगाए । सांसद महतले कर्णाली प्रदेशका पनि मान्छे हुन भन्ने कुराको हेक्का राख्न प्रधानमन्त्री देउवालाई चेतावनी समेत दिए । उनले भने, ‘बाढिपहिरोले क्षति भयो, पश्चिममा प्रधानमन्त्री पुग्नु भयो । आफ्नो क्षेत्र भएको हो कि, अथवा आफ्नो पार्टीले बोलाएर हो कि ? कर्णाली का त मान्छे होइनन् । कर्णालीमा जानु पर्दैन क्या हो ? कर्णाली कस्तो अवस्थामा छ ? त्यहाँ कति खाद्यान्न नष्ट भयो, त्यहाँ पनि मान्छे बस्छन । त्यहाँ पनि विद्यालय छ । त्यहाँ विद्यालय बगाएको छ । त्यहाँ धानखेती यति चौपट् भएको छ । मार्सी धानको बीऊ पाउन मुस्किल भईसक्यो । त्यहाँ पनि मान्छे बस्छन । प्रधानमन्त्रीलाई, अर्थमन्त्रीलाई मैले भने–काठमाडौं गएर सल्लाह गरौंला रे । त्यहाँ गएर सान्त्वना दिएर आउँदा भईहाल्थ्यो नि । कर्णालीमा जनता नै छैनन् क्या हो ? खाली पश्चिम प्रधानमन्त्री जहाँ छ, त्यहाँ मात्रै मान्छे बस्छन ? त्यहाँको मात्रै दुःख पीडा हो ? अरुको पीडा छैन ?’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले बाढिपहिरोबाट अवरुद्ध सडक तत्काल सूचारु गराउन सरकारसँग माग गरे । उनले मनाङ, बाजुरा र बझाङ जिल्लाको यातायात ठप्प भएकाले त्यसलाई तत्काल सूचारु गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराए ।

यता, सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले ८÷१० दिन भित्र बाढिपहिरोले अवरुद्ध सबै सडकहरु सूचारु गराउने प्रतिवद्धता जनाइन् । उनले अवरुद्ध सडक सूचारु गराउने काममा तीव्रता दिन पनि मातहतका सबै निकायलाई सचेत गराइन् । मन्त्री यादवले जनशक्ति र स्रोत, साधनको अभावमा सरकारले अवरुद्ध सडक खुलाउनका लागि सोचे जस्तो गरेर काम गर्न नसकेको यथार्थता बुझि दिन समिति समक्ष आग्रह गरिन् ।

मन्त्री यादवले अवरुद्ध सडक खुलाउनका लागि छुट्टै संयन्त्रको जरुरी रहेको बताइन् । उनले स्थानीय, प्रदेश र संघीय सरकारले आ–आफ्नो दायित्वको सडक निर्माणमा ढिलाई गर्न नहुने स्पष्ट पारिन् ।

प्रकाशित मिति: २०७८,कार्तिक,७,आईतवार १८:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ । भृकुटिमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको

राप्रपा अध्यक्ष कमल थापाले आफूविरुद्ध टिप्पणी गरेपछि सोही पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापा पनि जाइलागेकी छिन् । उनले कमल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गरएका छन् । यही

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२