निर्वाचन भएको साढे ४ वर्षपछि वडा अध्यक्षमा विजयी

लोकपथ
780
Shares

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय २ मतले विजयी भएका छन् ।

स्थानीय तहको अवधि सकिनै लाग्दा उनी आज पुनः मतगणना गर्दा विजयी भएका हुन् । आइतबार उच्च अदालत जनकपुरमा गरिएको उक्त वडाको पुनःमतगणनामा राय विजयी भएका हुन् ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा सो वडामा राय र नेपाली कांग्रेसका उम्मेदाबार अरुण कुमार चौधरीले समान २६६ मत ल्याएका थिए । त्यसपछि गोलाप्रथाद्वारा निर्णय गरिदा चौधरी विजयी भएका थिए । तर राय मतगणननमा धाँधली भएको भन्दै अदालत गएका थिए ।

पुनः मतगणनामा रायले २ सय ६८ मत पाएका छन् भने हालका वडाअध्यक्ष अरुणकुमार चौधरीले भने २ सय ६६ मत पाएका छन् ।
स्थानीय तहको कार्यकाल सकिन झण्डै ६ महिनामात्रै बाँकी रहेका बेला सर्वोच्च अदालतको आदेशमा आइतबार पुनः मतगणना गर्दा राय वडाअध्यक्षमा विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?